गण्डकी प्रदेशमा कांग्रेसबाट प्रत्यक्षमा सबै पुरुष, समानुपातिकमा सबै महिला

पाेखरा | मंसिर २५, २०७९

गण्डकी प्रदेशमा कांग्रेसबाट प्रत्यक्षमा सबै पुरुष, समानुपातिकमा सबै महिला

पोखरा: आसन्न निर्वाचनअन्तरगत गण्डकी प्रदेशमा नेपाली कांग्रेसबाट प्रत्यक्षतर्फ विजयी सबै उम्मेदवार पुरुष रहेका छन् भने समानुपातिकतर्फको सबै सिटमा महिला चयन भएका छन् । 

 

प्रतिनिधि एवं प्रदेश सभामा ३३ प्रतिशत महिला सांसद रहने व्यवस्था अनुरुप प्रत्यक्षमा विजेता सबै पुरुष भएपछि समानुपातिकमा महिलालाई मात्रै चयन गर्नुपरेको हो ।

 

चयन भएका महिला सांसदमा  सरस्वती गुरुङ, विमला गौचन, रेखा गुरुङ, पार्वती तामाङ, सरस्वती अर्याल, चम्पादेवी खड्का, कल्पना तिवारी, टिकाकुमारी बस्याल र दिलमाया पौवि रहेका छन् । \

 

यस्तै, प्रत्यक्षतर्फ बिन्दुकुमार थापा, प्रकाश बराल, जितप्रकाश आले, अशोक श्रेष्ठ, नन्दप्रसाद न्यौपाने, भेषबहादुर पौडेल, टकराज गुरुङ्, सुरेन्द्रराज पाण्डे, डिल्लीराम सुवेदी, जितबहादुर शेरचन, द्रोणकुमार कुँवर, दीपेन्द्रबहादुर थापा, नम्डु गुरुङ्, विकल शेरचन, मुनिन्द्रजंग गुरुङ्, महेन्द्रध्वज जिसी, भोजराज अर्याल र महेश भट्टराई रहेका छन् । 
 

प्रत्यक्षतर्फ सबै पुरुष उम्मेदवारले बाजी मार्दा समानुपातिक सूचितर्फ पहिलो नम्बरमा रहेका प्रदेश सभापति शुक्रराज शर्मा ‘अभागी’ सावित भएका छन् । 
 

पोखरा:      गण्डकीका प्रदेश प्रमुख डिल्लीराज भट्ट समक्ष अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय, पोखराले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन पेस गरेको छ ।   आयोगका पोखरा कार्या...

थप पढ्नुहोस्

नवलपरासी पूर्वको बिनयी त्रिवेणी गाउँपालिका–२ चौसठ्ठी मोडमा यात्रुवाहक बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ।   दुर्घटनामा १० जना घाइते भएका छन्।   बिहान करिब ४ बजे नेपालगञ्जबाट...

थप पढ्नुहोस्

पश्चिम नेपालबाट मनसुन बाहिरिएको छ।    नेपाल मौसम विज्ञान विभागअन्तर्गतमो मौसम पूर्वानुमान महाशाखाले आज असोज १७ गते शनिबार बुलेटिन जारी गरी पश्चिमका केही प्रदेशबाट मनसुन हटेको जान...

थप पढ्नुहोस्